नेपाललाई श्रीलङ्काको अवस्थामा नपुर्याउन समयमै सचेत हुन आवश्यक – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

नेपाललाई श्रीलङ्काको अवस्थामा नपुर्याउन समयमै सचेत हुन आवश्यक

    मा प्रकाशित
तस्बीर इपिए

अविनाश आचार्य (सीआईएन्)
चैत्र १७, काठमाडौँ ।
यतिबेला श्रीलङ्काका बजारहरूमा खाद्यान्न र ईन्धन खरिदको लागि उभिएकाहरूको लामो लाईन देखिन्छ । त्यस्तै लामो लाईन बैदेशिक रोजगारीका लागि राहदानी बनाउनेहरूको पनि छ ।
मुल्यवद्धि यति बढेको छ कि नागरिकलाई दैनिकी चलाउनै समस्या छ । श्रीलङ्का सन् १९४८ मा पाएको स्वतन्त्रता पछिको कमजोर आर्थिक अवस्थामा पुगेको छ । श्रीलङ्का यस्तो अवस्थामा पुग्नुमा पर्यटन, कृषि उत्पादन र व्यापारमा कोरोनाले पारेको प्रभावलाइ मुख्य मानिएको छ ।

कोरोनाको प्रभाव र बढ्दै गरेको वैदेशिक ऋणका कारण नेपाली अर्थतन्त्र पनि श्रीलङ्काको जस्तो होला कि भन्ने चिन्ता नागरिक स्तरमा देखिन थालेको छ । नवलपुरका कृष्ण चालिसे मूल्यवृद्धिले दैनिकी चलाउनै समस्या भएको सुनाउनुहुन्छ ।

महामारीले पर्यटन व्यवसाय ठप्प भएको छ । रेमिट्यान्स घटेको छ । निर्यात कम छ भने आयात बढिरहेको छ । प्रतिवद्धता गरिएका वैदेशिक साहयता ४० प्रतिशत मात्रै प्राप्त भएको छ । चालू आर्थिक वर्षको नौ महिनामा मात्रै नेपालले एक अर्व १६ करोड ९८ लाख आठ हजार सात सय ९० रुपयाँ व्यापार घाटा बेहोरेको छ ।

फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालमा हाल ११ खर्व ७३ अर्व डलर सञ्चिति छ । असार मसान्तको तुलनामा यो यो १६.२ प्रतिशतले कमी हो । राजनीतिज्ञले अहिले नै केही सोच्न सकेनन् भने नेपालको पनि श्रीलङ्काको जस्तै अवस्था आउन सक्ने अर्थविद् डा. चन्द्रमणी अधिकारीको भनाइ छ ।

हाल नेपालसँग १७ खर्व वैदेशिक ऋण रहेको छ । नेपाल राष्ट्रबैंकका अनुसार देशमा भित्रिने र बाहिरिने रकमको अन्तर जनाउने शोधनान्तर असार मसान्तमा सवा अर्ब रुपैयाँ बचतमा थियो भने अहिले साढे २ खर्ब रुपैयाँले घाटामा छ ।

रूस – युक्रेन युद्धका कारण सम्पन्न देशमा समेत आर्थिक संकट उत्पन्न हुने खतरा रहदा नेपालमा यसको असर कम गर्न सरकारले काम गरिरहेको अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौला बताउनुहुन्छ ।

नेपाल भित्रिएको रेमिट्यान्स अनुत्पादक क्षेत्रमा लगानी हुनु, निर्माणाधिन आयोजना समयमा नै सम्पन्न नहुनु र वैदेशिक ऋणको व्याज थपिएको थपियै हुनु तर देशमा बाह्य लगानी र पर्यटक घट्नुले विदेशी रकम पनि घट्दै गएको छ ।
जसका कारण, नेपाल तत्कालै श्रीलङ्काको अवस्थामा नपुगेपनि समयमा नै सचेत नबने त्यस्तै अवस्था नआउला भन्न नसकिने विज्ञहरु बताउँछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्