युक्रेनी सैनिकले आत्मसमर्पण गरेपछि मात्रै गोलाबारी रोक्ने पुटिनको भनाइ – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

युक्रेनी सैनिकले आत्मसमर्पण गरेपछि मात्रै गोलाबारी रोक्ने पुटिनको भनाइ

    मा प्रकाशित

एजेन्सी ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले,युक्रेनको शहर मारियोपोलमा रहेका युक्रेनी सैनिकले आत्मसमर्पण गरेपछि मात्रै गोलाबारी रोक्ने बताउनुभएको छ । रुसी सैनिकले घेराबन्दी गरेको मारियोपोलमा युक्रेनी सैनिकले आत्मसमर्पण गरेपछि मात्रै गोलाबारी रोक्ने पुटिनले बताउनुभएको बीबीसीले जनाएको छ । तर युक्रेनले यसअघि नै कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताइसकेको छ।

 

रुसको आक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको शहर मारियोपोल हो । त्यहाँका बासिन्दा अत्यावश्यक सेवा बिना बस्न बाध्य भएका खबरमा उल्लेख छ । तर रुसले भने गोलाबारी रोकेको छैन । रुसले मारियोपोलका अस्पताल, विद्यालय, आवासीय क्षेत्र, आश्रय लिएर बसेका क्षेत्रसहितलाई निशाना बनाएको छ । रुसी आक्रमणका कारण मारियोपोलमा सर्वसाधारण मारिएका छन् । मारियोपोलमा रुसले युद्ध अपराध गरेको युक्रेन तथा अन्तर्राष्ट्रिय समुदायले बताएका छन् । यसैबीच रुस र युक्रेनबीचको शान्ति वार्ता भोलि फेरि हुने भएको छ ।

 

भोलि अनलाइनबाट वार्ता गर्ने तयारी भएको युक्रेनी वार्ताकार डेभिड अरखामियाले बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । यसअघि अस्ति मंगलबार पहिलोपटक भौतिक रुपमा वार्ता भएकोमा फेरि पनि अनलाइनमार्फत नै वार्ता हुने तयारी भएको हो । तर रुसले भने वार्ताबाट धेरै अपेक्षा नगरिएको जनाएको बीबीसीले उल्लेख गरेको छ । रुसले आक्रमण सुरु गरेयता ४० लाखभन्दा धेरैले युक्रेन छाडिसकेका छन् ।

 

जसमध्ये २० लाख बालबालिका रहेका संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले बताएको छ ।देशभित्रै विस्थापित भएका थप २५ लाख बालबालिका जोड्दा ६० प्रतिशत बालबालिकाआफ्नो घरबाट विस्थापित भएका युनिसेफले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्