दाङका ऋषिकाे मेचीमहाकाली उल्टाे पैदल यात्रा सकियाे – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

दाङका ऋषिकाे मेचीमहाकाली उल्टाे पैदल यात्रा सकियाे

    मा प्रकाशित

१७ चैत, दाङ ।
दाङ तुलसीपुर ३ रानागाउँका ऋषि परियारको मेचीमहाकाली उल्टो पैदलयात्रा सकिएको छ । गत माघ १५ गते पुर्वको झापा मेची पुलबाट यात्रा सुरु गर्नुभएका परियारले पश्चिम महाकालीको गड्डाचौकीमा पुगेर आज दिउँसो पौने एक बजे समापन गर्नुभएको हो ।

उहाले मेचीमहाकाली सम्मको एक हजार २४ किलोमिटर दुरी उल्टो हिडेर दुई महिना दुई दिनमा पुरा गर्नुभएको छ । देशलाई अन्र्तराष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ सुरु गर्नुभएका उहाले स्वास्थ्यका लागी उल्टो पैदल यात्रा नारा दिनुभएको थियोे ।

यात्राभर सर्वसाधारण देखि लिएर सबैले राम्रो साथ दिएको बताउनुभयो । उहाले यात्रामा सहयोग गर्ने आम नागरिक, सुरक्षाकर्मी, प्रशासन, संचारकर्मी तथा पत्रकार सबैमा धन्यवाद तथा आभार प्रकट गर्नुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्