सत्ता गठबन्धनको निर्णय : स्थानीय निर्वाचनमा मिलेर जाने – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

सत्ता गठबन्धनको निर्णय : स्थानीय निर्वाचनमा मिलेर जाने

    मा प्रकाशित

१७ चैत,दाङ ।
सत्ता गठबन्धनका पाँच दलले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सहकार्य गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूको बैठकले आउँदो स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धन मिलेर जाने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

गठबन्धनका लागि सबै दलका प्रदेश, जिल्ला र पालिकास्तरका शीर्ष नेताहरूको संयन्त्र बनाउने र संयन्त्रले पाँच दलको अवस्थाबारे यही २२ गतेसम्म प्रतिवेदन केन्द्रमा बुझाउन निर्देशन दिने पनि निर्णय गरेको छ ।

संयन्त्रले पालिका, जिल्ला र प्रदेशमा पार्टीहरूको अवस्थाबारेको जानकारी सहित प्रतिवेदन तयार पारेपछि कहाँ कसरी जाने भन्ने निर्णय हुने कार्कीले जानकारी दिनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्