नागरिकलाई गुणस्तरीय सेवा प्रदान प्रतिष्ठानकाे प्राथमिकता : उपकुलपति – Kanika Khabar
Sunday, May 5Nepali News Portal

नागरिकलाई गुणस्तरीय सेवा प्रदान प्रतिष्ठानकाे प्राथमिकता : उपकुलपति

    मा प्रकाशित

चैत्र २१, दाङ
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप कुलपति डा. विकास लामिछानेले नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न प्रतिष्ठान लागि परेको बताएका छन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट तथा परिचयात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन । ‘प्रतिष्ठान जस्तो सेवा दिन हामी प्रयत्न गरि रहेका छौ’ उप कुलपति लामिछानेले भने । जसले गर्दा नागरिकले प्रतिष्ठान भएको महसुस गर्ने पाउने उनको भनाइ रहेको छ । नागरिकहरु सेवा लिनका लागि बाहिर जान नपरोस् भन्ने उदेश्यका आफूहरुले काम गरी रहेको समेत उनले बताए ।
आफू यसै क्षेत्रको भएकाले समस्याका बारेमा जानकार रहेको बताउँदै काम गर्दा हुने कमि कमजोरीका वारेमा सल्लाह सुझाव दिन समेत उनले आग्रह गरे ।

कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष मधुसुदन बैद्यले प्रतिष्ठानले शैक्षिक कार्यक्रमलाई छिट्टै अगाडि वढाउनु पर्ने बताए । संघका पुर्व अध्यक्ष तथा अस्पताल सरोकार समितीका संस्थापक अध्यक्ष चन्द्रराज पन्तले नागरिकलाई सहज सेवा प्रदान गर्न तर्फ प्रतिष्ठान अगाडि वढनु पर्ने बताए । ‘प्रतिष्ठान यस क्षेत्रको आवस्यकता हो ’ पन्तले भने ।

कार्यक्रम संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो । संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका सचिव नरेशकुमार श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा राप्ती स्वास्थ्य प्रतिष्ठानका उप कुलपति डा. विकास लामिछाने, रजिष्टार प्रकाश थापा, डाइरेक्टर डा प्रज्ञा बस्नेत, डिन डा सागर पन्थी, सहायक निर्देशक डा.एन्जिलिका कार्की, मेडिकल डाइरेक्टर डा रमेश कडेललाई संघले टिका र खादा लगाएर सम्मान समेत गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्