त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डर कार्यान्वयन गर्न नेविसङ्घको माग – Kanika Khabar
Saturday, May 4Nepali News Portal

त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डर कार्यान्वयन गर्न नेविसङ्घको माग

    मा प्रकाशित

चैत्र २२, काठमाडौँ ।
नेपाल विद्यार्थी सङ्घले त्रिभूवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डर कार्यान्वयन गर्न माग गरेको छ ।

पछिल्लो समय विश्वविद्यालयको परीक्षा तालिका प्रकाशन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा चरम लापरबाही भइरहेको भन्दै नेविसङ्घले आज परीक्षा नियन्त्रकलाई सात बुँदे ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्रमार्फत नेविसङ्घले कार्यालयका सबै काम वार्षिक कार्यतालिकाअनुसार हुनुपर्ने र परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गरिसक्नुपर्ने माग गरेको छ ।

सङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले ज्ञापनपत्र बुझाउँदै शैक्षिक प्रमाण पत्रका लागि अनलाइनमार्फत आवेदन गर्ने र २४ घण्टाभित्रै प्रमाणपत्र उपलब्ध गराउनुपर्ने माग गर्नुभयो । उहाँले सेवामुखी तथा आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन गरी ढिलासुस्ती हटाउनुपर्ने पनि बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्