काङ्ग्रेस क्षेत्र नं. २ ले गठन गर्याे संसदीय समिति – Kanika Khabar
Thursday, May 16Nepali News Portal

काङ्ग्रेस क्षेत्र नं. २ ले गठन गर्याे संसदीय समिति

    मा प्रकाशित

घोराही, २४ चैत ।
नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले संसदीय समिति गठन गरेको छ । क्षेत्रीय समितिको बैठकले १३ सदस्यीय क्षेत्रीय संसदीय समिति गठन गरेको हो । जसमा सभापति भिमप्रकाश खड्का, उपसभापतिहरु प्रकाश श्रेष्ठ, अभियान बस्नेत, सचिवहरु हिमबहादुर डाँगी, आर.के.शीतल, सहसचिवहरु रमेशकुमार पाण्डेय, रञ्जित श्रेष्ठ, कोषाध्यष गोपाल भुषाल, सदस्यहरु चित्रबहादुर डाँगी(निर्मल), हिमाल महरा, निमबहादुर चौधरी, जयभोला परियार र देवा सुवेदी रहनुभएको छ ।

क्षेत्रीय सभापति भिमप्रकाश खड्काको अध्यक्षताममा बसेको बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सचिव आर.के.शीतलको संयोजकत्वमा प्रचारप्रसार सामग्री निर्माण उप समिति गठन गरेको छ । जसको समस्यमा मधुसुदन अधिकारी, पदम शर्मा, खुमा खड्का रहनुभएको छ ।
बैठकले नेपाली कांग्रेसको ‘घर–घर जाँउ कांग्रेस जिताउ अभियान’ को क्षेत्रमा हालसम्म भएका क्रियाकलापहरुको समीक्षा गर्दै अभियानलाई अझै तीव्र रुपमा अगाडि बढाउने निर्णय गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्