कार्यकर्ताको भावना विपरीत निर्णयमा काङ्ग्रेस जाँदैन : नगर सभापति रावत – Kanika Khabar
Saturday, May 4Nepali News Portal

कार्यकर्ताको भावना विपरीत निर्णयमा काङ्ग्रेस जाँदैन : नगर सभापति रावत

    मा प्रकाशित

No description available.चैत्र २९, दाङ ।

नेपाली काङ्गेस घोराही उपमहानगरपालिकाका नगर सभापतिले कार्यकर्ताको भावना विपरीतको निर्णयमा काङ्ग्रेस नजाने बताएका छन् । सत्ता गठबन्धनका नाममा भ्रम र अफवाह फैलन थालेपछि सभापति रावतले कार्यकर्तालाई भ्रमको पछि नलाग्न अपील गरेका छन् ।

‘चुनावी तालमेलको मोडालिटी अझै सार्वजनिक भएको छैन । गठबन्धनका नाममा भ्रमपूर्ण खबर बाहिरिएका छन् । भ्रमपूर्ण खबरमा कुनै सत्यता छैन । यो अत्तालिएकाको अस्त्र हो । अफवाहको पछि नलाग्नुहोस् । काङ्ग्रेसले जनता र कार्यकर्ताको भावना विपरीत काम गर्दैन, ढुक्क हुनुहोस् ।’ उनले थपे, ‘काङ्ग्रेसले अफ्ठ्यारो परिस्थितिमा नेतृत्व लिएको हो । यसको मतलव यो होइन कि काङ्ग्रेस जनता र कार्यकर्ताको मर्म विपरीत सधैं अफ्ठ्यारोमा परिरहन्छ । यदि कसैले यस्तो सोंच राखेको छ भने त्यो दिवास्वप्न हो ।’

बजारमा बाक्लिएका राजनीतिक विश्लेषण र गठबन्धनका नाममा काङ्ग्रेसले प्राप्त गर्ने भागबण्डा सम्बन्धी कनिका खबरको जिज्ञासामा उनले भने, ‘राजनीतिक विश्लेषणमा सबै राजनीतिक दलले आफ्नो पोल्टा भारी पार्ने गरी विमर्श गर्नु राजनीतिक विशेषता नै हो । त्यो व्यक्तिको स्वभाव होला, पार्टीको स्वभाव होला त्यसका पछि काङ्ग्रेस कुददैन। काङ्ग्रेसले आम नागरिक र कार्यकर्तामाथि विश्वास राख्दछ, विधि विधानको पालना गर्दै आएको छ । लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो, लोकतन्त्रको संरक्षण गर्दै आएको छ । गठबन्धन पनि लोकतन्त्रको पक्ष र संविधानको रक्षाको लागि काङ्ग्रेसले गरेको हाे । यो छर्लङ्गै छ । तर, गठबन्धनका नाममा काङ्ग्रेस सबै गुमाएर, सबै सुम्पेर अगाडि बढ्न सक्दैन ।’ उनले थपे, ‘काङ्ग्रेस भाग लिने होइन दिने हैसियतमा छ र केन्द्रदेखि स्थानीय तहसम्म भाग दिन्छ । यसमा कसैले काङ्ग्रेसलाई कमजोर ठानेर काङ्ग्रेसको हिस्सामा जवरजस्ती गर्छ भने त्यसको नियति त्यसैले भोग्छ ।’
सभापति रावतले आफ्ना कार्यकर्ता तथा मतदातालाई नआत्तिन अनुरोध गर्दै बजारमा चल्ने हावामा विश्वास नगर्न आग्रह गरे । विपक्षीहरूले मनोवैज्ञानिक रूपमा समेत कमजोर बनाउन लागि परेको सङ्केत गर्दै कार्यकर्तालाई बाध्यताले होइन रहरले मतदान गर्ने वातावरण तय गर्नेमा विश्वस्त पारे ।
स्थानीय निर्वाचन आउन अब ३१ दिन मात्र बाँकी रहेको बेला चुनावी सरगमर्मी बढ्न थालेको छ । सत्ता गठबन्धनको चुनावी तालमेलको मोडालिटी अझै सार्वजनिक नभएका कारण बजारमा अपवाहले बाक्लो रूप लिन थालेको छ ।

विशेष गरेर सत्ता गठबन्धनमा अहिले सूक्ष्म ढङ्गबाट अप्ठ्यारा देखिन थालेका छन् । स्थानीय पालिकामा भागबन्डाको कुनै टुङ्गो नलागेको बेला आआप्नै ढङ्गले उम्मेदवारीको दावी गरिन थालेपछि कार्यकर्ताको मनोभावनामा ठेस पुग्ने सम्भावना बाक्लिन थालेको छ । विशेष गरेर दाङकाे घोराही उपमहानगरपालिकामा गठबन्धनका सत्ता साझेदार माओवादी केन्द्रले पनि आफूले नगर प्रमुख पाउनु पर्ने मनसाय व्यक्त गर्दै आएको छ । आफू एक्लै चुनावमा भिड्दासमेत चुनाव जित्ने आँकलन गरेको काङ्ग्रेस घोराही उपमहानगरपालिका छाड्ने मनसायमा देखिदैन । अघिल्लो स्थानीय निर्वाचनमा दोस्रो भएका कारण पनि काङ्ग्रेसले घोराही नगर प्रमुख लिनु स्वभाविकै हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्