हरेक भूगाेलमा शिक्षाकाे पहुँच पुगाेस् : प्याब्सन दाङ – Kanika Khabar
Sunday, May 5Nepali News Portal

हरेक भूगाेलमा शिक्षाकाे पहुँच पुगाेस् : प्याब्सन दाङ

    मा प्रकाशित

वैशाख १, दाङ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङले नयाँ वर्ष २०७९ काे अवसरमा शुभकामना सन्देश दिएकाे छ । शुभकामना सन्देशमा वर्ष ०७९ शैक्षिक वर्षकाे रूपमा स्थापित हुँदै देशका हरेक भूगाेलमा शिक्षाकाे पहुँच पुगाेस् भनिएकाे छ ।

प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसी र सचिव आदिम केसीले एक शुभकामना सन्देश जारी गरी देश तथा विदेशमा रहने सम्पूर्ण नेपालीहरूमा हर्ष, उल्लास र प्रगतिकाे कामना गरेका छन् । ` नयाँ वर्षले शिक्षा क्षेत्रमा नयाँ आयाम थप्न सकाेस् । देशका हरेक भूगाेलमा शिक्षाकाे पहुँच पुगाेस् । विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालय पुर्‍याउन सकियाेस् । शैक्षिक उन्नयनकाे वर्ष बनाेस् ।´ जारी शुभकामना सन्देशमा भनिएकाे छ ।

घाेराही नगर प्याब्सनका अध्यक्ष बिरेन्द्र चन्द र सचिव बालकृष्ण ओलीले पनि एक शुभकामना सन्देश जारी गरी नयाँ वर्षकाे शुभकामना दिएका छन् ।

त्यस्तै तुलसीपुर नगर प्याब्सनका अध्यक्ष गिरीराज डाँगी र सचिव विष्णु याेगी, लमही प्याब्सनका अध्यक्ष नारायण भुसाल र सचिव लाेकमान रिजाल र राप्ती प्याब्सनका अध्यक्ष शाेभाखर भुसाल र दुर्गाप्रसाद भुसालले पनि छुट्टाछुट्टै शुभकामना सन्देश जारी गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्