काङ्ग्रेसले भन्यो : चुनावी तालमेलमा केन्द्रीय निर्णय उल्लङ्घन नगरौँ – Kanika Khabar
Sunday, May 5Nepali News Portal

काङ्ग्रेसले भन्यो : चुनावी तालमेलमा केन्द्रीय निर्णय उल्लङ्घन नगरौँ

    मा प्रकाशित

वैशाख २, दाङ ।
नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिले पार्टी केन्द्रले गरेको निर्णय अनुसार तालमेल प्रक्रिया अघि बढाउन मातहतका संरचनालाई निर्देशन दिएको छ । शुक्रबार पार्टी मुख्यालय सानेपामा बसेको बठैकमा गठबन्धनलाई थप व्यवस्थित बनाउने विषयमा निर्वाचन परिचालन समितिमा छलफल भएको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।

उनले गठबन्धनको मर्म विपरीत जान नहुने धारणा परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले बैठकमा व्यक्त गरेको बताए । बैठकले निर्वाचनमा परिचालन हुनका लागि विभिन्न उप समिति बनाउने निर्णय पनि गरेको छ । साथै प्रदेश र जिल्लामा प्रतिनिधि पठाउने तथा जिल्लाबाट पालिका तहमा प्रतिनिधि पठाउन तल्लो तहलाई निर्देशन दिने निर्णय गरिएको छ ।

चुनावी प्रचार सभालाई आचासंहिताभित्र रहेर व्यवस्थित बनाउने बारे पनि छलफल भएको महरले बताए । विदेशस्थित सम्पर्क समिति भ्रातृ र शुभेच्छुक संस्थालाई निर्वाचनमा सक्रिय परिचालन गरिने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्