काङ्ग्रेसको पक्षमा उत्कृष्ट चुनावी गीत पठाउनेलाई दुई लाख ७५ हजार पुरस्कार – Kanika Khabar
Saturday, May 4Nepali News Portal

काङ्ग्रेसको पक्षमा उत्कृष्ट चुनावी गीत पठाउनेलाई दुई लाख ७५ हजार पुरस्कार

    मा प्रकाशित

काठमाडौं,२ वैशाख ।

नेपाली कांग्रेसको पक्षमा उत्कृष्ट चुनावी गीत पठाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार उपलब्ध गराइने भएको छ ।

सांस्कृतिक समन्वय उपसमितिले कांग्रेसको पक्षमा बनेको अडियो तथा भिडियोले उक्त पुरस्कार प्राप्त गर्ने जनाएको छ । गीत सांस्कृतिक समन्वय उपसमितिको फेसबुक म्यासेन्जरमा पठाउन अनुरोध गरिएको छ ।

केन्द्रीय प्रचार प्रसार सांस्कृतिक समन्वय उपसमितिका संयोजक डिबी गुरुङद्धारा प्रकाशित विज्ञप्तिमा गीत कहिलेसम्म उपलब्ध गराउने मिति भने तोकिएको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्