चुनावी तालमेलको अधिकार स्थानीय कमिटीलाई छ : महामन्त्री थापा – Kanika Khabar
Saturday, May 4Nepali News Portal

चुनावी तालमेलको अधिकार स्थानीय कमिटीलाई छ : महामन्त्री थापा

    मा प्रकाशित

वैशाख ३, काठमाडौँ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावी तालमेलको पूर्ण अधिकार स्थानीय कमिटीलाई भएको बताएका छन् । महामन्त्री थापाले स्थानीय निर्वाचनमा तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा पूर्ण अधिकार स्थानीय कमिटीलाई भएको बताएका हुन् ।

काठमाडौँको बुढानीलकण्ठमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले स्थानीय निर्वाचनमा पार्टीको तल्लो कमिटी स्वतन्त्र रहेको बताएका हुन् ।

पर्सामा तालमेल नगर्ने र गुल्मीमा तालमेल गर्ने निर्णय भएको उदाहरण दिंदै उनले भने, ‘पार्टीको निर्णयबारे कोही अलमलिनु पर्दैन । स्थानीय तहको साथीहरूले तालमेल गर्ने निर्णय गर्न पनि पाउनु हुन्छ नगर्ने निर्णय गर्न पनि पाउनुहुन्छ । कसैले लाद्न पाउँदैन ।’

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्