पशुपति विद्याश्रमका कक्षा १० विद्यार्थीलाई विदाई – Kanika Khabar
Sunday, May 5Nepali News Portal

पशुपति विद्याश्रमका कक्षा १० विद्यार्थीलाई विदाई

    मा प्रकाशित

May be an image of 2 people and people standingवैशाख ३, दाङ ।
दाङको नारायण्पुरस्थित पुशुपति विद्याश्रममा कक्षा १० अध्ययनरत विद्यार्थीलाई एक कार्यक्रमका बिच विदाई गरिएको छ । माध्यमिक शिक्षा परीक्षामा सहभागी हुन थालेका विद्यार्थीलाई आज शनिबार विद्यालयले एक कार्यक्रम गरी विदाई गरेकाे हाे ।

 

विद्यालयका प्रिन्सिपल केशव थापाको अध्यक्षता तथा सञ्चालक समितिका अध्यक्ष होमनाथ दाहालको प्रमुख आतिथ्यमा उत्कृष्ट विद्यार्थी पुरस्कार तथा २१ औं बिदाइ समारोह सम्पन्न भएको हो ।

 

प्रमुख अतिथि दाहालले संस्कारयुक्त नागरिक ,वैज्ञानिक र व्यावहारिक शिक्षा आजको आवश्यकता भएकोले सबैको ध्यान त्यसैमा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए । ‘यसैगरी,पहिले व्यक्ति असल हुनुपर्ने र असल व्यक्तिले मात्र परिवार,समाज र देश बनाउन सक्दछ । विद्यालय त्यसैमा लागिरहेको छ । निजी विद्यालयले शिक्षामा पुर्याएको योगदानको कदर गर्दै राज्यले निजी विद्यालयको विकासको लागि सहयोगी निति बनाउनु पर्दछ ।’ प्रमुख अतिथि दाहालले बताए ।

 

विद्यालयका संस्थापक बाबुराम अधिकारी,नारायण नेपाल, इन्चार्ज बिपिन रावत, शिक्षिका गिता शर्मा तथा विद्यार्थीहरु अनिता वली, अंकिता केसी, अस्मिता पोख्रेल, सुजन वली लगायतले मन्तव्य राखेका थिए ।

२०७७ सालको एसइइ परीक्षमा मा उत्कृष्ट हुने सुजन वली, कक्षामा प्रथम हुने प्रशंसा शर्मा, आशिष बिश्वकर्मा र वर्षा बुढाथोकीलाई बेस्ट स्टुडेन्ट अवार्ड प्रदान गरिएको थियो।
कार्यक्रममा विद्यार्थीले गीत नृत्य र नाटक प्रदर्शन गरेका थिए ।

कार्यक्रमको सहजीकरण विद्यार्थीद्वय किरण रैदास र अश्विन चौधरीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्