स्थानीय निर्वाचनमा भरतपुरमा काङ्ग्रेस कार्यकर्ताको बिरोध : दर्जनौं कार्यकर्ताले पार्टी सदस्यबाट राजीनामाको घोषणा – Kanika Khabar
Sunday, May 5Nepali News Portal

स्थानीय निर्वाचनमा भरतपुरमा काङ्ग्रेस कार्यकर्ताको बिरोध : दर्जनौं कार्यकर्ताले पार्टी सदस्यबाट राजीनामाको घोषणा

    मा प्रकाशित

वैशाख ३, चितवन ।
आसन्न स्थानीय निर्वाचन नजिकिदै गर्दा चुनावी सरगर्मी पनि बढ्दै जान थालेको छ । चितवनको भरतपुर महानगरपालिकाको मेयर पद अर्को पार्टीलाई दिन लागिएको विरोधमा आज शनिबार दर्जनौं काङ्ग्रेस कार्यकर्ताले पार्टी सदस्यबाट राजीनामाको घोषणा गरेका छन्।

शनिबार भरतपुर —१७ बेलुवा टोलमा गरिएको कार्यक्रममा ५० जनाले स्वतन्त्र अभियानका लागि भन्दै सामूहिक राजीनामाको घोषणा गरेका हुन्।

सामूहिक राजीनामाको घोषणा स्थानीय नेता प्रकाश कँडेलको संयोजकत्वमा भएकोथियो । काङ्ग्रेसका क्रियाशील सदस्य र साधारण सदस्यको भेलामा उनीहरूले स्वतन्त्र रहेको घोषणा गरेका हुन्। राजीनामा घोषणा गर्नेमा पूर्व वडाध्यक्ष, पार्टीका पूर्व वडा सभापतिहरू पनि छन्।

सत्तारूढ गठबन्धनभित्र भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई दिने तयारी भएपछि चितवनका कांग्रेस कार्यकर्ताले विरोध गदै आएका छन्। जिल्ला नेताहरूले शीर्ष नेतालाई भेटेर भरतपुरको मेयर पद नछाड्न दबाब दिँदै आएका छन्।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्