गठबन्धनका दलहरुबिच पनि प्रतिस्पर्धा हुन सक्छ : प्रवक्ता महत – Kanika Khabar
Saturday, May 4Nepali News Portal

गठबन्धनका दलहरुबिच पनि प्रतिस्पर्धा हुन सक्छ : प्रवक्ता महत

    मा प्रकाशित

वैशाख ३, काठमाडौँ ।

स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा पनि सत्ता गठबन्धनका बिच चुनावी तालमेलले सहमति लिन नसकिरहेका बेला नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कुनै स्थानीय तहमा सत्तारुढ दलहरुबीच पनि प्रतिस्पर्धा पनि हुन सक्ने बताएका छन् ।

आज शनिबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भइरहेका बेला पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता महतले कुनै स्थानीय तहमा गठबन्धनका दलहरुबिच मैत्रीपूर्ण प्रतिस्पर्धा पनि हुन सक्ने बताएका हुन् । ‘कुनै ठाउँमा सहमति भएन । मेरै शक्ति छ, मेरै जनाधार बढेको छ, विपक्षी दलले जित्दैन भन्ने आयो भने त्यस्तो ठाउँमा फ्रेन्डली प्रतिस्पर्धा पनि हुन सक्छ।’ प्रवक्ता महतले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्