ज्ञानज्याेती एकेडेमीका कक्षा १० का विद्यार्थीलाई विदाई – Kanika Khabar
Saturday, May 4Nepali News Portal

ज्ञानज्याेती एकेडेमीका कक्षा १० का विद्यार्थीलाई विदाई

    मा प्रकाशित

वैशाख ४, दाङ ।

दाङकाे घाेराहीस्थित ज्ञानज्याेति एजुकेसनल एकेडेमीका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई विदाई गरिएकाे छ । यही वैशाख ९ गतेदेखि सञ्चालन हुन थालेकाे एसइइ परीक्षामा सहभागी हुन थालेका कक्षा १० का विद्यार्थीलाई आज आइतबार ज्ञानज्याेति बाल क्लबले एक कार्यक्रमका बिच विदाई गरेकाे हाे ।

क्लवका अध्यक्ष सृष्टि जिएमकाे अध्यक्षता तथा प्रिन्सिपल बीरेन्द्र चन्दकाे प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि चन्दले विद्यार्थीलाई आफूले सिकेकाे ज्ञानले सभ्य, समृद्धि र समतामूलक समाज निर्माणमा लगाउन अपील गरे । उनले विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बाेध गर्न र राष्ट्र निर्माणमा लाग्न समेत सुझाए ।

कार्यक्रममा बाेल्दै विद्यालयका भाइस प्रिन्सिपल लक्ष्मी प्रसाद बुढा मगरले विद्यार्थीलाई आत्मनिर्भरकाे मार्गमा हिँड्न र पछिल्लो पिढीका लागि साेही किसिमकाे मार्ग रेखाङ्कन गर्न समेत आग्रह गरे ।

कार्यक्रमकाे सहजीकरण क्लवका सचिव विजय पुनले गरेका थिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्