लमहीमा अबैध हतियारसहित दुई जना पक्राउ – Kanika Khabar
Friday, April 26Nepali News Portal

लमहीमा अबैध हतियारसहित दुई जना पक्राउ

    मा प्रकाशित

दाङ, बैशाख २३ ।

दाङको लमहीबाट प्रहरीले अबैध हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फूफाजु र भदै रहेका छन् । बाग्लुङ जिल्लाको घुँईया खोला घर भएका २० बर्षीय सोमु बिक र रुपन्देहीको शोद्धोधन गाउँपालिका वडा नं. २ का ४० बर्षीय कमल भनिने रुक्मान सुनार अबैध हतियारसहित पक्राउ परेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

एक जना ब्यक्ति चक्कु राखेर हिडिरेहेको छ भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले खान तलासी लिनेक्रममा उक्त अबैध हतियार बरामद भएको जानकारी दिएको छ ।

२० बर्षीय बिकको साथबाट भरुवा बन्दुकलाई मोडिफाइ गरि निर्मित पेस्तोल आकारको अबैध हतियार बरामद भएको प्रहरीले बताएको छ ।

सुनारले लमहीको टिकुलीगढमा जुनु बडीबिल्डर्सको ग्यारेज सञ्चालन गर्दै आएका छन् । सुनार नाताले बिकको फूफाजु हुन । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान हुन बाँकी नै छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्