७ सय २ स्थानीय तहको मत परिणाम सार्वजनिक – Kanika Khabar
Saturday, April 27Nepali News Portal

७ सय २ स्थानीय तहको मत परिणाम सार्वजनिक

    मा प्रकाशित

जेठ ८, दाङ ।
गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत अब ५१ पालिकाको नतिजा आउन बाँकी भएको छ । यो खबर तयार पार्दासम्म ७ सय २ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये प्रमुखमा नेपाली काँग्रेसले ३ सय ११ स्थानीय तहमा जित हाँसिल गरेको छ भने १६ स्थानमा अगाडि रहेको छ ।

नेकपा एमाले १ सय ९० पालिकामा विजयी हुँदा १५ स्थानमा अग्रस्थानमा छ । माओवादी केन्द्रले १ सय १९ स्थानमा जित हाँसिल गरेको छ भने २ स्थानमा अगाडि रहेको छ ।

अन्यतर्फ २८ जनाले स्थानीय तह प्रमुख पदमा जितेका छन् भने ४ स्थानीय तहमा अगाडि छन् । जनता समाजवादी पार्टी (जसपा)ले २६ स्थानमा जित निकालेको छ भने ६ स्थानमा अगाडि रहेको छ ।

नेकपा एकीकृत समाजवादीले १७ स्थानमा जितेको छ भने २ स्थानमा अगाडि रहेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १४ स्थानमा विजयी हुँदा ४ स्थानमा अगाडी छ ।
यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसले २ सय ८३ स्थानीय तहमा जित हाँसिल गरेको छ भने १६ स्थानमा अगाडि रहेको छ । नेकपा एमाले २ सय २१ पालिकामा विजयी हुँदा १८ स्थानमा अग्रस्थानमा छ । १ सय २४ स्थानमा जित हाँसिल गरेको माओवादी केन्द्रले ४ स्थानमा अगाडि रहेको छ । जनता समाजवादी पार्टी (जसपा)ले २९ स्थानमा जित निकालेको छ भने एक स्थानमा अगाडि रहेको छ । नेकपा एकीकृत समाजवादीले २१ स्थानमा जितेको छ भने ३ स्थानमा अग्र स्थानमा छ । अन्यतर्फ १८ जनाले स्थानीय तह उपप्रमुख पद जितेका छन् । अब ५१ स्थानीय तहको अन्तिम मतपरिणाम आउँन बाँकी छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्