दाङमा गाेली लागेर एक जनाकाे मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

दाङमा गाेली लागेर एक जनाकाे मृत्यु

    मा प्रकाशित
टेकबहादुर पुन                                                             जेठ १४,दाङ । दाङमा गोली लागेर एकजनाको घटना स्थलमै मृत्यु भएको छ ।

जिल्लाको बङ्गलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमाना पर्ने जङ्गलमा सिकार खेल्न गएका मध्ये एकजनाको गोली लागेर शुक्रबार मृत्यु भएको प्रहरीले बताएको छ । गोली लागेर लमही नगरपालिका वडा नम्बर १ बौराह निवासी बर्ष २३ का कालुराम घर्ती मगरको मृत्यु भएको हो । शबलाई लमही अस्पतालमा राखिएको छ। उनको घाँटीमा गोली लागेको छ ।

घटनामा संलग्न रहेको भन्दै प्रहरीले ८ जनालाई हिरासतमा राखेको छ ।
बर्ष २८ का निम बहादुर घर्ती मगर, ४० का जिवलाल घर्ती मगर, २४ का दिल बहादुर घर्ती मगर, १७ का आकाश घर्ती मगर, १३ का विशाल घर्ती मगर, ५५ का ओम बहादुर घर्ती मगर, ३८ का खगेन्द्र घर्ती मगर र बर्ष ४० का बुद्दीमान घर्ती मगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक सन्दिप बेलबासेले जानकारी दिए । उनीहरु सबै लमही नगरपालिका वडा नम्बर १ बौराह निवासी हुन । उनीहरुलाई अहिले वडा प्रहरी कार्यालय लमहीको हिरासतमा राखिएको छ ।

घटना सम्बन्धी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्