सिट बढाउन गठबन्धन आवश्यक रहेको काँग्रेस निर्वाचन परिचालन समितिको निष्कर्ष – Kanika Khabar
Friday, April 26Nepali News Portal

सिट बढाउन गठबन्धन आवश्यक रहेको काँग्रेस निर्वाचन परिचालन समितिको निष्कर्ष

    मा प्रकाशित

असार १६, काठमाडौँ ।
निर्वाचनमा सिट सङ्ख्या बढाउन गठबन्धन आवश्यक भएको नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले निष्कर्ष निकालेको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको निर्वाचन परिचालन समितिले तयार पारेको प्रतिवेदनअनुसार स्थानीय चुनावमा गठबन्धनले कार्यकर्ता र उम्मेदवार स्वयंलाई मानसिक रुपमा बलियो बनाएको प्रतिवेदनमा उल्लेख रहेको छ ।

प्रतिवेदनमा केन्द्रमा भएको सहमतिलाई स्थानीय तहमा स्वभाविक रुपमा स्वीकार गर्न नसकेको, सहयोगको भावना नभएको, प्रमुख र उपप्रमुखमा तालमेल बन्दै गर्दा वडा तहमा सहमति नहुने जस्ता समस्याहरू देखिएको पनि उल्लेख छ ।तर पनि गठबन्धन सफल भएको निर्वाचन परिचालन समितिको दाबी छ ।

निर्वाचन परिणामले समेत काँंग्रेसको प्रतिस्पर्धी पार्टीको मत झण्डै बराबरीको अवस्थामा आउनुले सिट संख्या बढाउन शक्ति सन्तुलनलाई ख्याल गरी गठबन्धन गर्न आवश्यक देखिएको प्रतिवेनमा भनिएको छ । गठबन्धनका कारण स्थानीय चुनावमा धेरै सिट जितेका कारण अब हुने चुनावमा गठबन्धन प्रभावकारी हुन सक्ने समेत समितिको विश्लेषण छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्