प्रतिनिधि सभाको बैठक आज बस्दै – Kanika Khabar
Saturday, April 27Nepali News Portal

प्रतिनिधि सभाको बैठक आज बस्दै

    मा प्रकाशित

असार २०, काठमाडौँ ।
प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेसम्भावित कार्यसूची रहेको छ।त्यसपछि प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्पति भएका विनियोजन विधेयक, २०७९, आर्थिक विधेयक, २०७९, राष्ठ्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चीसौं संशोधन), २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउने हुनेछ ।

 

राष्ट्रिय सभामा उत्पत्ति भएका तीन विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। जसमा औषधि (तेस्रो संशोधन) विधेयक, २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य तथा सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ र रेल्वे विधेयक, २०७९ रहेका छन् । यस्तै प्रधानमन्त्री शेर बहादुर देउवाले वार्षिक प्रतिवेदनको रुपमा नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ पेश गर्नु हुने पनि कार्यसूची तय गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्