गोरखा तुलसीपुरले गर्‍यो पदकधारी खेलाडीलाई सम्मान – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

गोरखा तुलसीपुरले गर्‍यो पदकधारी खेलाडीलाई सम्मान

    मा प्रकाशित

लक्ष्मण बस्नेत
२१ असार दाङ ।
दाङ जिल्ला स्तरिय रास्ट्रपति रनिङ शिल्ड कब्जा गरेको गोरखा माबी तुलसिपुरले पदकाधारी खेलाडी लाई नगद पुरस्कारले सम्मान गरेको छ ।
जिल्ला स्तरको रनिङ शील्ड प्रतियोगितामा बिधालयको प्रतिनिधित्व गर्दै लगातार तेस्रो पटक उपाधी दिलाएर शील्ड कब्जा गर्न सफल खेलाडी लाई हौसला स्वरुप बिधालयले नगद पुरस्कारले सम्मान गरेको हो ।
स्थापना कालदेखी शिक्षा संगै खेलकुद लाई उच्च प्राथमिकतामा राखेको बिधालयले लक्ष्य र उदेश्य अनुरुप बिधालयमा अध्ययनरत खेलाडीले पालिका,जिल्ला हुँदै रास्ट्रीय अन्तरास्ट्रिय स्तरमा बिधालय र सिङ्गो जिल्लाको सान र गौरव लाई उच्च बनाएको भन्दै स्वर्ण, रजत र कास्य पदक हात पार्न सफल खेलाडी लाई क्रमशः जनही तीन, दुई र एक हजार नगद पुरस्कारले सम्मान गरिएको बिधालयका खेलकुद संयोजक मोहन सुनारले जानकारी दिनु भएको छ ।
१२ औ जिल्ला स्तरिय रास्ट्रपति रनिङ शील्डमा बिधालयले जितेका ९ स्वर्ण २ रजत र ३ कास्य पदकमा सर्वाधिक ४ स्वर्ण,१ रजत र १ कास्य पदक हात पार्ने कक्षा १० मा अध्ययनरत करुणा रिजाल नगद १५ हजार पुरस्कारले सम्मानित भईन । त्यस्तै ३ स्वर्ण जितेकी विष्णु ओलिले नगद ९ हजार, २ स्वर्ण, १ रजत र १ कास्य पदक जितेकी रबिना रेउले ९ हजार, २ स्वर्ण,१ कास्य,पदक जित्ने चित्र बहादुर बस्नेत नगद ७ हजारले सम्मानित भए । त्यस्तै दुई दुई स्वर्ण पदक जितेका रितिका बोहरा, रक्षा बस्याल र प्रतीक न्यौपाने जनही ६ हजारले सम्मानित भए । यसैगरी कास्य पदक दिलाउने दिपेश राम्जा मगर,विशाल परियार,बिप्लव परियार,देविसरा वलि,दीक्षा बस्नेत,सरु वलि,दिप्शिखा शाही जनही एक एक हजार पुरस्कारले सम्मानित भए । त्यस्तै बिधालय लाई १० औ र ११ औ जिल्ला स्तरको रास्ट्रपती रनिङ शिल्ड दिलाउदै रास्ट्रीय तथा १३ दक्षिण एशियाली खेलकुद सागमा सहभागी अन्तरास्ट्रिय खेलाडी अरुणा रिजाल र सिमान थापा लाई सम्मान गरिएको थियो ।
स्वागत तथा सम्मान कार्यक्रम बिधालय ब्यबस्थापन समितिका उपाध्यक्ष डोर बहादुर जिसिको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्य एवं तुलसिपुर उपमहानगरपालिका वडा न ६ का वडा अध्यक्ष दुजमान भण्डारी वर्षातको र जिल्ला खेलकुद बिकास समितिका दाङका कार्यालय प्रमुख पद्मा चौधरिको बिशिस्ट आतिथ्यमा भएको थियो । बिधालयका प्रधानाध्यापक बिजय जिएमको स्वागत रहेको कार्यक्रमको संचालन बिधालयका शिक्षक कमल भण्डारीले गर्नु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्