नेपालले आज क्यानडासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्ने – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

नेपालले आज क्यानडासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्ने

    मा प्रकाशित

असार २२, दाङ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दैछ । यसअघि गएरातिका लागि तय भएको पहिलो एकदिवसीय खेल भने वर्षाका कारण रद्द भएको छ । आजका लागि तय भएको खेल नेपाली समय अनुसार राति पौने ९ बजे किङ सिटी रङ्गशालामा हुनेछ ।

 

दुई खेलको एकदिवसीय श्रृङ्खला खेल्नको लागि नेपाली टोली क्यानडा पुगेको हो । विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा हुने त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला अघि नेपालले क्यानडाको भ्रमण गरेको हो । यसअघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो ।

 

दुबै खेलमा नेपाल विजयी भएको थियो । क्यानडासँगको श्रृङ्खलापछि नेपाली टोली स्कटल्याण्ड जानेछ । नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको श्रृङ्खलामा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्