कोरोना १९को संक्रमण पत्ता लगाउन अव स्वाव हैन र्‍याल परीक्षण । – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

कोरोना १९को संक्रमण पत्ता लगाउन अव स्वाव हैन र्‍याल परीक्षण ।

    मा प्रकाशित

कनिका खवर
असार ८, दाङ
कोरोणा संक्रमण भए नभएको पत्ता लगाउनको लागि गरिने स्वाव नमूना परीक्षणको विकल्पमा र्‍याल परीक्षणको पाइलट परियोजना बेलायतमा सुरु भएको छ ।
बेलायतका स्वास्थ्य अधिकारीहरुले सोमबार साउथेम्प्टनमा घरहरुमा कोरोना भाइरस पत्ता लगाउनका लागि एक महिने “नो स्वाव टेस्ट” पाइलट प्रोजेक्ट शुरु भएको बताएका छन्, जसमा सहभागीहरुले आफ्नो र्‍याललाई एउटा नमूना भाँडोमा राख्नुपर्नेछ भने ४८ घण्टामा नतिजा प्राप्त हुनेछ ।
स्यास्थ्य सचिव म्याट ह्यान्ककले भने, “स्वावको परीक्षण नगरी, र्‍याल परीक्षणले घरमै कोरोना भाइरसको परीक्षणलाई अझ सजिलो बनाउनेछ । यस परीक्षणले हामीलाई, नियमित घर मै परीक्षणले, भाइरसको केसहरूलाई पहिले नै उठाउनमा पनि मद्दत गर्दछ।”
अधिकारीहरुका अनुसार र्‍याल परीक्षणले संक्रमणको पहिचानको लागि गरिनो परीक्षण क्षमता र पहुँच बढाउनको लागि महत्वपूर्ण हनेछ । परीक्षणमा पहिले नै अत्याधिक आशाजनक देखिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्