लङजम्पमा दाङकी निशा चौधरीले राष्ट्रिय कीर्तिमान कायम गरिन् – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

लङजम्पमा दाङकी निशा चौधरीले राष्ट्रिय कीर्तिमान कायम गरिन्

    मा प्रकाशित

असार ३०, दाङ ।
दाङकी निशा चौधरीले लङजम्पमा नयाँ राष्ट्रिय कीर्तिमान रचेकी छिन् । जुनियर स्पर्धाका खेलाडीले सिनियरतर्फको राष्ट्रिय कीर्तिमान बनाउनु निकै ठूलो उपलब्धी थियो । सन् २०१८ मा एपीएफकी शिला चौधरीले कायम गरेको कीर्तिमानभन्दा २ सेन्टिमिटर बढी ५ मिटर ४७ सेन्टिमिटरको नयाँ रेकर्ड बुधबारदेखि निशाको नाममा सरेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका १६ भेलाही गाउँकी निवासी १७ वर्षीया निशा बिना प्रशिक्षण पहिलोपल्ट काठमाडौं पुगेर दशरथ रंगशालामा दौडिनु भएको हो । फिल्ड विधामा नयाँ कीर्तिमान बनाउन सफल निशाले ट्र्याकमा पनि आफू सहभागी सबै स्पर्धामा स्वर्ण जित्न सफल भएकी हुन् ।

राष्ट्रपति रनिङ शिल्डमा चार स्पर्धामा स्वर्ण जित्दा ३ स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेको हुन् । १ सय मिटर दौडमा १२।५३ सेकेन्डको टाइमिङ नयाँ जुनियर कीर्तिमान हो ।

त्यस्तै निशासहित रेशु थारु, रामकुमारी थारु र सम्झना थारुसम्मिलित लुम्बिनी टोलीले चारगुणा १ सय मिटर रिलेअन्तर्गत ५४।२० सेकेण्डको टाइमिङमा स्वर्णसहित जुनियर कीर्तिमान कायम गरेका थिए । निशाले पद्यमा चौधरी गुरुले प्रशिक्षण गराएको बताइन् । १२ कक्षाको परीक्षा दिएर बसेकी निशाले राष्ट्रपति रनिङ शिल्ड खेलेको यो पाँचौं संस्करण हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्