आईसीसी पुरुष विश्वकप लिग अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग खेल्दै – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

आईसीसी पुरुष विश्वकप लिग अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग खेल्दै

    मा प्रकाशित

आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज अन्तिम खेल खेल्दैछ ।सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डविरुद्ध खेल्न लागेको हो ।

 

स्कटल्याण्ड र नेपालबीचको खेल दिउँसो ३ः४५ मा सुरु हुनेछ ।घरेलु टोलीविरुद्ध नेपाल जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । यस्तै नेपाल स्कटल्याण्डविरुद्ध लगातार दोस्रो भेटमा जित निकाल्न चाहन्छ ।यस अघिको भेटमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो ।सिरिज अन्तर्गत नै नेपालले नामिबियासँग भने दुबै खेलमा हार व्यहोरेको छ ।

 

पहिलो खेलमा नेपाल नामिबियासँग ४० र सिरिजको तेस्रो खेलमा ६३ रनले पराजित भएको हो ।नेपालसँग पराजित स्कटल्याण्डले भने नामिबियालाई दुबै खेलमा हराएको छ ।नेपाल लिग टू अन्तगर्त १९ खेलमा १७ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड २३ खेलमा ३२ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्