एन्फाको कार्यसमिति बैठक आज – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

एन्फाको कार्यसमिति बैठक आज

    मा प्रकाशित

साउन १, दाङ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यसमिति बैठक आज बस्दैछ । बैठक सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेका लागि बोलाइएको छ । एन्फामा नयाँ नेतृत्व आएपछि सूचना र एजेन्डासहित पहिलो पटक बैठक बस्न लागेको हो ।

 

एन्फाले आजको कार्यसमिति बैठकका लागि १२ वटा एजेन्डा तय गरेको महासचिव किरण राईले बताउनुभयो । उहाँका अनुसार आजको बैठकमा महिला साफ च्याम्पियनसिपको तयारीदेखि विवादमा रहेको एनएसएल, विभिन्न पदाधिकारी नियुक्ति लगायतका एजेन्डामा छलफल र निर्णय हुनेछ ।

 

यस्तै एन्फाका उपाध्यक्ष कुमार केसीले माग गरेको थप एजेन्डामा समेत छलफल हुनेछ ।नवनिर्वाचित कार्यसमिति वार्षिक कार्यक्रम सहित अघि बढ्नुपर्ने बताउँदै केसीले बैठकमा ५ वटा एजेन्डा थप्न माग गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्