नागरिकता विधेयक सदनबाट पारित : स्वागतस्वरूप दाङ काङ्ग्रेसले दीप प्रज्वलन – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

नागरिकता विधेयक सदनबाट पारित : स्वागतस्वरूप दाङ काङ्ग्रेसले दीप प्रज्वलन

    मा प्रकाशित

साउन १२, दाङ ।  नागरिकता ऐनको संशोधन विधेयक संसदका दुवै सदनबाट पारित भएको छ ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट पारित भएर आएको विधेयक बहुमतले पारित गरेको हो । अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो विधेयक कानुनका रूपका लागू हुनेछ ।

नागरिकता विधेयक संसदबाट पारित भएकाे खुशीयालीमा घाेराहीमा दीप प्रज्वलन गरिएकाे छ । नेपाली कांग्रेस दाङ पार्टि कार्यालयमा दीप प्रज्वलन गरिएकाे हाे । कांग्रेस नेता कार्यकर्ताकाे उपस्थितिमा दीप प्रज्वलन गरिएकाे थियाे ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदी, क्षेत्रीय काेषाध्यक्ष गाेपाल भुसाल, नेपाली कांग्रेस घाेराही नगर सभापति तिलक रावत, उपसभापति दुर्लभ के.सी, दुर्गा जिएम, भरत गिरी,   धर्मेन्द्र श्रेष्ठ, किरण बाेहरा, महिला नेतृहरू पुष्पा  श्रेष्ठ , लीला नेपाली, प्रकृति क्षेत्री लगायतकाे उपस्थिति रहेकाे थियाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्