पार्टी कमिटीमा समन्वय गरेर मात्रै काम गर्न अध्यक्ष ओलीको निर्देशन – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

पार्टी कमिटीमा समन्वय गरेर मात्रै काम गर्न अध्यक्ष ओलीको निर्देशन

    मा प्रकाशित

साउन १५, काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय विभागका प्रमुख उपप्रमुखहरूलाई पार्टी कमिटीमा समन्वय गरेर मात्रै काम गर्न निर्देशन दिनुभएको छ । आज पार्टी कार्यालय च्यासलमा अध्यक्ष ओलीको उपस्थितिमा बसेको एमाले केन्द्रीय विभागका प्रमुख उपप्रमुख र सचिव सहभागी बैठकको समापन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो ।

 

अध्यक्ष ओलीले सबै विभागहरूलाई विषय केन्द्रीत भएर सक्रिय हुन, विज्ञहरूसँग परामर्श लिन तथा गर्ने कामको रोष्टर बनाएर अघि बढ्न र सरकारका गलत कामकारवाही विरुद्ध खरो रूपमा उत्रन निर्देशन दिनुभएको हो ।

 

बैठकमा ३३ वटै विभागका प्रमुख, उपप्रमुख र सचिवहरूले विभागीय कामको रिपोर्टिङ गर्नुका साथै वार्षिक कार्ययोजना पेश गरेको एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख बिष्णु रिजालले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्