वामदेव नेतृत्वको पार्टीले पायो मान्यता, चुनाज चिह्न झुलेको धानको बाला – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

वामदेव नेतृत्वको पार्टीले पायो मान्यता, चुनाज चिह्न झुलेको धानको बाला

    मा प्रकाशित

साउन १५, दाङ ।
वामदेव गौतम नेतृत्वको पार्टीले मान्यता पाएको छ । निर्वाचन आयोगले गौतम नेतृत्वको पार्टी ‘नेकपा एकता राष्ट्रिय अभियान पार्टी’लाई मान्यता दिएसँगै पार्टीले मान्यता पाएको हो ।

गौतमको नेतृत्वमा दल दर्ताका लागि साउन ३ गते आयोगमा निवेदन परेको थियो र ९ साउनमा सनाखत भएको थियो । आयोगले १२ साउनमा गौतम नेतृत्वको पार्टीलाई मान्यता दिने निर्णय गरेको थियो ।

 

आइतबार आयोग पुगेर नेकपा एकता राष्ट्रिय अभियान पार्टीले दल दर्ताको प्रमाणपत्र लिएको हो । यो पार्टीको चुनाव चिह्न अर्ध गोलाकारभित्र तीन वटा धानको झुलेको बाला रहेको छ ।

सुरुमा गुलाबको रुख चुनाव चिह्न मागेर आयोगमा दल दर्ता गराइएको थियो। तर त्यो चिह्न अर्कै दलले प्राप्त गरिसकेको भेटिएपछि ‘धानको बाला’ रोजिएको हो।

दल दर्ता गरेर अघि बढेका वामदेव पछिल्लो समय नेपालका वामपन्थी दलहरुलाई एकीकृत गर्ने प्रयासमा छन ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुसँग भेटघाट गरिरहेका छन । तर उनी एमालेबाट निराश भएर प्रचण्ड र माधव नेपालसँग नजिक भएका छन ।

नेकपा एकता राष्ट्रिय अभियानका प्रवक्ता निमकान्त पाण्डेका अनुसार निर्वाचन आयोगमा २५ सदस्यीय केन्द्रीय समितिको नाम बुझाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्