महँगीबिरुद्ध एमालेको प्रदर्शन – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

महँगीबिरुद्ध एमालेको प्रदर्शन

    मा प्रकाशित

साउन १६, काठमाडौँ ।
नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध आज काठमाडौँमा विरोध प्रदर्शन गरेको छ। नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेको एक वर्षमा हरेक क्षेत्रमा महँगी बढेको र नागरिकको जीवन कष्टकर बनेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले विरोध प्रदर्शन गरेको हो ।

 

प्रदर्शनमा सहभागी भएकाहरूले ग्यास सिलिण्डर सहित विभिन्न ब्यानर बोकेर विरोध जनाएका थिए । ईन्धन, ग्यास लगायत खाद्यबस्तुमा अत्याधिक मुल्यबृद्धी भएको भन्दै एमाले विरोधमा उत्रिएको हो ।

 

आज राजधानीका विभिन्न स्थानबाट निस्केको ¥यालीमा काठमाडौं, ललितपुर, भक्तपुरका प्रदेश, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठन, सांसदहरू, पार्टीको केन्द्रिय विभागका सदस्यहरू सहभागि भएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्