बाममोर्चाका लागि कम्युनिष्ट पार्टीहरूबीच छलफल हुने – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

बाममोर्चाका लागि कम्युनिष्ट पार्टीहरूबीच छलफल हुने

    मा प्रकाशित
फाइल तस्बीर

साउन २०, काठमाडौँ ।
आगामी निर्वाचनमा बाममोर्चा बनाएर सहभागी हुने बारेमा थप छलफल गर्न कम्युनिष्ट पार्टीहरूको बैठक आज बस्ने भएको छ ।

छलफलको तयारी भए पनि समय र स्थानअझैँ टुङ्गो नलागेको एक नेताले बताए । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टीबीच चुनाव केन्द्रीत मोर्चा बनाउने तयारी भएको छ ।

एकीकृत समाजवादी पार्टीले बाममोर्चा बनाएर चुनावमा जाने निर्णय हिजो गरे पनि अरु पार्टीहरूले निर्णय गरिसकेका छैनन् ।

बाममोर्चा र नेपाली काँग्रेस मिलेर आगामी प्रदेश र प्रतिनिधि सभाको चुनावमा जाने तयारी भएको छ । यस्तो अवस्थामा बाममोर्चाको छुट्टै र काँग्रेससहितको छुट्टै चुनावी घोषणापत्र लेख्नुपर्ने अनौपचारिक छलफल भइरहेको नेताहरूले बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्