एसईई उत्कृष्ट विद्यार्थीलाई सम्मान – Kanika Khabar
Saturday, April 27Nepali News Portal

एसईई उत्कृष्ट विद्यार्थीलाई सम्मान

    मा प्रकाशित

साउन २६, दाङ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ मा उत्कृष्ट हुने विद्यार्थीलाई घाेराही नगर प्याब्सनले सम्मान गरेकाे छ ।

दाङकाे घाेराही उपमहानगरपालिकाभित्र रहेका विद्यालयबाट उत्कृष्ट नतिजा लिने छात्र छात्रालाई प्याब्सन घाेराही नगरले एक कार्यक्रमका बिच सम्मान गरेकाे हाे ।

एसईई २०७८ मा उत्कृष्ट नतिजा लिने गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घाेराहीका छात्र उत्सव घिमिरे, जनज्योति विद्या मन्दिरका छात्राद्वय वैभवी गाैतम र स्मृती नेपालीलाई सम्मान गरिएकाे हाे ।

एसईई २०७८ मा घिमिरेले ३.९५ जिपिए प्राप्त गरेका थिए भने गाैतम र नेपालीले ३.९० जीपिए प्राप्त गरेका थिए ।

सम्मान कार्यक्रम घाेराही नगर प्याब्सनका अध्यक्ष बिरेन्द्र चन्दकाे अध्यक्षता तथा घाेराही नगर शिक्षा महाशाखाका प्रमुख बिनाेद गाैतमकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्