चुनावी गठबन्धनप्रति एमालेको आपत्ति – Kanika Khabar
Saturday, May 4Nepali News Portal

चुनावी गठबन्धनप्रति एमालेको आपत्ति

    मा प्रकाशित

साउन २९, दाङ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनका लागि सत्तारुढ गठबन्धन बनाएको प्रति असन्तुष्टि जनाउनुभएको छ ।
शनिबार लोकतान्त्रिक शेर्पा संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन पहिल्यै गठबन्धन बनाएको प्रति असन्तुष्टि जनाउनुभएको हो ।

अध्यक्ष ओलीले एक्लाएक्लै चुनाव लड्ने र चुनावपछि सरकार गठनका लागि गठबन्धन बनाउनुपर्ने भए पनि एमालेलाई रोक्न गठबन्धन भइरहेको बताउनुभएको हो ।

चुनावमा आफ्नो गठबन्धन लिएर जानुपर्ने र चुनावपछि कसको सरकार बनाउने भन्ने गठबन्धनमा जानुपर्ने उहाँको भनाइ थियो । एमालेलाई बहुमत ल्याउन रोक्नका लागि यो गठबन्धन भएको उहाँको भनाइ छ ।

एमालेले देशको विकासका योजना लिएर अगाडि बढेको बताउँदै ओलीले त्यसबाट आत्तिएकाहरू गठबन्धन बनाउन लागेको दाबी गर्नुभयो ।

जनताका इच्छा, आवश्यकताहरूलाई बुझेर यिनीहरूलाई पूरा गर्न, देशबाट गरिबी, असमानता, भेदभाव हटाउने सामाजिक न्याय र समृद्धिको चाहनालाई पूरा गर्नका लागि पनि एमालेले जित्नुपर्ने उहाँले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्