त्रिभुवन विश्वविद्यालयमा पुनः ताला – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

त्रिभुवन विश्वविद्यालयमा पुनः ताला

    मा प्रकाशित

भदौ ३, काठमाडौँ ।
परीक्षामा लापरवाही गर्नेलाई कारबाहीको माग गर्दै विद्यार्थीले त्रिभुवन विश्वविद्यालयमा पुनः ताला लगाएका छन् । नेपाल विद्यार्थी सङ्घको अगुवाइमा त्रिविका रजिष्ट्रार, मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन सङ्कायका डिन एवं केन्द्रीय लेखा र कर्मचारी प्रशासन महाशाखाको कार्यालयमा ताला लगाइएको हो । यसले विश्वविद्यालयको आर्थिक तथा प्रशासनिक काम प्रभावित भएको छ ।

गत असार २७ गते लगाइएको ताला खुलाउने विषयमा त्रिवि नेतृत्व र विद्यार्थीबीच संवाद भने भएको छैन । तालाका कारण विश्वविद्यालयका कर्मचारीलाई तलब वितरण, बजेटअनुसार कार्यक्रम सञ्चालनका लागि अख्तियारी दिने लगायतका काम प्रभावित भएका विश्वविद्यालयले जनाएको छ ।

यसअघि त्रिविका उपकुलपति, रजिष्ट्रार तथा शिक्षाध्यक्षको कार्यकक्षमा नेविसङ्घ र शिक्षकहरूले १ सय ४० दिन ताला लगाएका थिए । उक्त तालामध्ये नेविसङ्घले गत जेठ २७ गते र आंशिक शिक्षकले जेठ २९ गते खोलेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्