अज्ञात समूहद्वारा दाङमा टिप्परमा आगजनी – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

अज्ञात समूहद्वारा दाङमा टिप्परमा आगजनी

    मा प्रकाशित

घोराही, ७ भदौ ।

दाङमा अज्ञात समूहले बिहानै सवारीसाधनमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा मंगलवार विहान घोराही उपमहानगरपालिका ३ बबई नदीको पुल नजिक आगजनी गरेका हुन ।

चारपाँच जनाको समुहमा रहेका व्यक्तिले टिप्परको अघिल्लो भागमा आगो लगाएर भागेका प्रहरीले जानकारी दिएको छ । आगजनीका कारण टिप्परको अघिल्लो भाग जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार प्रहरी घटनास्थलमा पुगेको र आगजनीमा संलग्नहरुको खोजी गरेको रहेको प्रहरी प्रमुख एसपी काफ्लेले जानकारी दिनुभयो । बन्दका कारण विहानैदेखि सवारीसाधन तथा बजार पूर्ण रुपमा बन्द रहेको छ । बन्दका कारण बजार,सवारीसाधन,विद्यालयहरु बन्द रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्