दाङमा १५ जना बन्द कर्ता पक्राउ – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

दाङमा १५ जना बन्द कर्ता पक्राउ

    मा प्रकाशित

भदौ ७, दाङ ।
दाङमा १५ जना बन्दकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार घोराही र तुलसीपुरबाट ४/४ जना र लमहीबाट ७ जना पक्राउ परेका हुन ।

घोराहीबाट प्रकाश बुढामगर, खुमन पौडेल, टार्जन वली र हिमाल केसी पक्राउ परेको प्रहरीले जनाएको छ । त्यस्तै तुलसीपुरबाट हेमन्त वली, दिपेन्द्र वली, सञ्जय वली र सुदर्शन सेर्पाली, लमहीबाट जनक बिक, शोभाराम थापा, लोक बहादुर बिक, मनोज चौधरी, अजय बुढामगर, नारायण थापा र पूर्ण बहादुर केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन कुमार गौतमले जानकारी दिनुभएको छ ।

आज नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्र बिक्रम चन्द ९विप्लव०, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी समाजवादीले नेपालबन्दको आह्वान गरेका छन् ।

उनीहरूले जारी गरेको विज्ञप्तिमा तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई पक्राउ पूर्जी जारी गरिएको, एमसीसी पास गरेको, भ्रष्टाचार बढेको र महँगी नियन्त्रणमा चासो नदिएको भन्दै बन्द गर्नु परेको उल्लेख गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्