सप्तरीमा प्रहरी र स्थानीयबीच झडप, ३ राउन्ड हवाइ फायर – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

सप्तरीमा प्रहरी र स्थानीयबीच झडप, ३ राउन्ड हवाइ फायर

    मा प्रकाशित

भदौ ७, सप्तरी ।
सप्तरीको बलान विहुल गाउँपालिका–४ बेल्हीमा मंगलबार अपराह्न स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरीले ३ राउन्ड गोली चलाएको छ।

तस्करी गरेर ल्याइएको समान बरामद गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हुँदा स्थितिलाई नियन्त्रणमा लिन हवाइ फायर गरेको सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्। उनका अनुसार कुनै अप्रिय घटना हुन नदिन प्रहरीले ३ राउण्ड हवाइ फायर गरेको हो ।

घर खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पुर्‍याएपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै जाँदा प्रहरी र स्थानीयबीच दोहोरो झडप भएको थियो ।

झडपमा परेर केही प्रहरी र स्थानीय घाइते भएका प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिए ।न्युज कारखाना

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्