बढ्दै काङ्ग्रेसप्रतिको आस्था : माओवादी परित्याग गरी एक दर्जन बढी काङ्ग्रेसमा – Kanika Khabar
Saturday, May 4Nepali News Portal

बढ्दै काङ्ग्रेसप्रतिको आस्था : माओवादी परित्याग गरी एक दर्जन बढी काङ्ग्रेसमा

    मा प्रकाशित

भदौ ८, दाङ ।
दाङ एक दर्जन बढी नेकपा माओवादी केन्द्रका कार्यकर्ता पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । जिल्लाको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्र परित्याग गरी एक दर्जन बढी कार्यकर्ता नेपाली काङग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली काङग्रेस बंगलाचुली गाउँपालिका वडा नम्बर ४ को आयोजनामा आज जुम्लेपानीमा आयोजित एक कार्यक्रमको अवसरमा शिवा गिरीको नेतृत्वमा लाल बहादुर पुन ,दान बहादुर घर्ती, यमलाल खत्री, जगत खत्री, रिमा पुन लगायत १५ जना नेपाली काङग्रेसमा प्रवेश गरेको नेपाली काङग्रेस बङगलाचुली वडा नम्बर ४ का वडा सभापति शिबराज परियारले बताएका छन् ।
पार्टी प्रवेश कार्यक्रममा नेपाली काङग्रेस क्षेत्र नम्बर २ क का सभापति प्रकाश श्रेष्ठ, सचिब शिशिर अधिकारी ,प्रदेश प्रतिनिधि ध्रुब कुमार पुन ,नेपाली काङग्रेस बङगलाचुली सभापति जागेश्वर अधिकारी ,उपसभापति इन्द्रमणि वली, सचिव बलदेब मल्ल, क्षेत्रीय प्रतिनिधि नमलाल गिरी लगायत स्थानीय कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले नवप्रवेशीहरुलाई स्वागत गर्दै पार्टीको बिचार, विधि, विधान र सिद्धान्त अनुसार पार्टीको सङगठन निर्माणमा लागिपर्न अनरोध गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्