प्याब्सन घाेराही नगरकाे आयाेजनामा हाजिरी जवाफ तथा चित्रकला सम्पन्न – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

प्याब्सन घाेराही नगरकाे आयाेजनामा हाजिरी जवाफ तथा चित्रकला सम्पन्न

    मा प्रकाशित

भदाै ११, दाङ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) घाेराही नगर समितिकाे आयाेजनामा हाजिरी जवाफ तथा चित्रकला कार्यक्रम सम्पन्न भएकाे छ ।

आज शनिबार दाङकाे घाेराहीस्थित जनज्याेति विद्यामन्दिरमा आयाेजित कार्यक्रम कक्षा ९-१० स्तरीय हाजिरी जवाफ तथा कक्षा १-५ स्तरीय चित्रकला प्रतियाेगिता सम्पन्न भएकाे हाे ।

हाजिरी जवाफ कार्यक्रममा जनज्योति विद्यामन्दिरका प्रस्तुति गाैतम, प्रतीक जिसी र सुगम रेग्मीकाे समूह प्रथम, बात्सायन सेकेन्डरी स्कुलका पृथक ज्ञवाली, हिमाल पाण्डे र आयुषा केसीकाे समुह द्वितीय र मेचीकाली इङलिस बाेर्डिङ स्कुलका उमङ्ग चन्द, विजय वली र स्वस्तिका केसीकाे समूह तृतीय भएका थिए ।

चित्रकला प्रतियोगिता विद्यानिलकण्ठ माविका सुप्रिया चाैधरी प्रथम, ज्ञानसिन्धु माविका नवीन पुन द्वितीय र जनज्योति विद्यामन्दिरका साेफिया पुन तृतीय भएका थिए ।

हाजिरी जवाफ कार्यक्रममा ३३ वटा विद्यालय सहभागी थिए भने चित्रकलाका लागि ३० वटा विद्यालय सहभागी रहेका थिए ।

कार्यक्रममा प्याब्सन दाङका सल्लाहकार जीवनकुमार आचार्य, प्याब्सन दाङका निवर्तमान उपाध्यक्ष निर्मल न्याैपाने र प्याब्सन दाङका उपाध्यक्ष चक्र बहादुर रावत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्याब्सन घाेराही नगरका अध्यक्ष बीरेन्द्र चन्दकाे अध्यक्षता तथा केन्द्रीय सचिव यादव गिरीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

उपाध्यक्ष सूर्यबहादुर रावतकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमकाे सहजीकरण सचिव बालकृष्ण वलीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्