आज कक्षा १२ काे नतिजा प्रकाशन नहुने – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

आज कक्षा १२ काे नतिजा प्रकाशन नहुने

    मा प्रकाशित

भदाै १४, दाङ ।
आज मंगलबार प्रकाशन गरिने भनेकाे कक्षा १२ को बोर्ड परीक्षाको नतिजा आज सार्वजनिक नहुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार बेलुकासम्म नतिजा सार्वजनिक गर्नेगरी तयारी गरेको भए पनि प्राविधिक कारण देखाउँदै नतिजा प्रकाशन गर्न नसकिएको बताएकाे छ ।

‘दिनभर लगाएर पनि टेक्निकल प्रोसेस सकिएन । अझै केही समय लाग्छ । त्यसपछि पनि प्रोसेसिङ हुन मात्रै ३/४ घण्टा लाग्छ । आज समय अभावले नतिजा प्रकाशन गर्न नसकिने भयो,’ बाेर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

सम्भवतः भोलि बुधबार नतिजा प्रकाशन गर्न सकिने पनि अध्यक्ष शर्माले बताए । ‘भोलि कति बेला टेक्निकल काम सकिन्छ । त्यसपछि सम्भवतः भोलि सार्वजनिक गर्छौ होला । अहिले नै यहि मितिमा सार्वजनिक गर्छौ भनेर भन्न सकिने अवस्था छैन्,’ अध्यक्ष शर्माले भने ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्