गाेरखा घाेराहीमा दुई दिने अभिमुखीकरण तथा याेग कक्षा – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

गाेरखा घाेराहीमा दुई दिने अभिमुखीकरण तथा याेग कक्षा

    मा प्रकाशित

दाङ,१७ भदौ ।

गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराही दाङमा कक्षा ११ का व्यवस्थापन समूहका नयाँ विद्यार्थीहरुका लागि अभिमुखीकरण तथा योग कक्षा शुरु भएको छ ।

कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीका लागि दुई दिने अभिमुखीकरण तथा याेग कक्षा शुरु भएको हाे ।
योग गुरु रबिन्द्र बस्नेतले योग तथा ध्यान, कार्यक्रम व्यवस्थापन संयोजक र गोरखा आइडल स्कुल भालुबाङका प्रधानाध्यापक बसन्त पुनले लागू पदार्थ नियन्त्रण र व्यवस्थापन संकायका संयाेजक एम. बि. केसीले पाठ्यक्रम तथा मूल्याङ्कन सम्बन्धि प्रशिक्षण दिएका थिए ।

बिज्ञानतर्फका कक्षा ११ का विद्यार्थीका लागि अभिमुखीकरण तथा योग अर्को हप्ता सन्चालन हुने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्