सरकारले ‘नेपाल भ्रमण दशक’ मनाउने – Kanika Khabar
Sunday, April 27Nepali News Portal

सरकारले ‘नेपाल भ्रमण दशक’ मनाउने

    मा प्रकाशित

असोज ९, काठमाडौँ ।
सरकारले ‘नेपाल भ्रमण दशक’ मनाउने निर्णय गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयका अनुसार कोरोना महामारीका कारण प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउनका लागि नेपाल भ्रमण दशक मनाउने निर्णय भएको हो ।

गत शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले सन् २०२३ देखि २०३३ सम्म भ्रमण दशकको रूपमा मनाउने निर्णय गरेको मन्त्रालयका सचिव सुरेश अधिकारीले बताउनुभयो ।

यसअघि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । तर, कोरोना महामारीका कारण भ्रमण वर्ष स्थागित गरिएको थियो।

कोरोनाले प्रभावित बनेको पर्यटन उद्योगको प्रवद्र्धनका लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गरी भ्रमण दशकको रुपमा मनाएर विदेशी पर्यटक बढाउने सरकारको उद्देश्य रहेको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्