चाडबाडको समयमा मूल्यबृद्धि नगर्न व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह – Kanika Khabar
Saturday, April 27Nepali News Portal

चाडबाडको समयमा मूल्यबृद्धि नगर्न व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

    मा प्रकाशित

असोज ९, काठमाडौँ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले चाडबाडको समयमा मूल्यबृद्धि नगर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ ।

आज प्रधानमन्त्री देउवाले उद्योग, वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग महासंघ, चेम्बर अफ कमर्श र उद्योग परिसंघका प्रतिनिधि भेटेर मूल्यवृद्धिबारे चासो राख्नुभएको हो । प्रधानमन्त्री देउवालाई भेट्न महासंघका अध्यक्ष शेखर गोल्छासहितको टोली पुगेको थियो । यस्तै, चेम्बरबाट अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको टोली पुगेको थियो भने साना उद्योग महासंघ र परिसंघका तर्फबाट पनि अध्यक्षसहितको टोली पुगेको थियो ।सरकारकातर्फबाट अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू समेत छलफलमा रहनुभएको थियो ।

भेटमा प्रधानमन्त्री देउवाले दसैं र तिहारको समयमा चुस्त रूपमा बजार अनुगमन हुने बताउनुभयो । उहाँले कडाईका साथ बजार अनुगमन गरिने र त्यसक्रममा ठगि र कालोबजारी तथा अव्यवहारिक मूल्यवृद्धि गरेको पाइए कारबाही गर्ने चेतावनी समेत दिनुभएको छ ।

यसअघि, प्रधानमन्त्री देउवाले आजदेखि बजार अनुगमन गर्न निर्देशन समेत दिनुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्