दाङमा खाेलामा डुब्दा दुई बालककाे मृत्युु – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

दाङमा खाेलामा डुब्दा दुई बालककाे मृत्युु

    मा प्रकाशित

असाेज १८, काठमाडौं । 

खोलामा डुबेर  दाङकाे   देउखुरीमा दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ४ अर्नवा निवासी अन्दाजी १० वर्षिय गुइठे कुमाल र साेहि ठाउँ निवासी १२ वर्षिय ललित परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए ।

खोलामा डुबेर अचेत भएका दुबै बालकलाई उपचारका लागि लमही अस्पताल पुर्याए लगत्तै डाक्टरले मृत घोषित गरेका थिए । मृतक दुबै जना बालकको शवलाई पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले बताएको छ ।

उनिहरुको मंगलबार दिउँसो ३: ३५ बजे लमहीकाे अर्जुनखाेला पुल मुनि नुहाउन गएको बेला खाेलामा डुबेर मृत्यु भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्