मा प्रकाशित
असोज २३, दाङ ।
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि एमालेका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गरेका छन् ।
क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्का लागि नेकपा एमालेका महासचिव शङ्कर पाेखरेल उम्मेदवारी उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै क्षेत्र नं.२ (१) मा एमाले नेता बलिभद्र राना र २ (२) मा नेता गिरीराज केसीले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्ता गराउन नेकपा एमालेका नेता तथा कार्यकर्ता र्यालीसहित दर्ता स्थलमा पुगेका थिए ।