कालीकोटमा मलामी गएका १५ जना वेपत्ता – Kanika Khabar
Sunday, May 5Nepali News Portal

कालीकोटमा मलामी गएका १५ जना वेपत्ता

    मा प्रकाशित

असोज ३४, कालिकोट ।
कालीकोटमा मलामी गएका १५ जनाभन्दा धेरै व्यक्ति वेपत्ता भएका छन् । प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले केही बेरमा प्रहरी घटनास्थल पुगेपछि वास्तविक विवरण खुल्ने बताउनुभयो । उहाँका अनुसार हिजो साँझ करिब ५ बजेको समयमा स्थानीय एक युवकको मलामीका लागि मानिसहरू कुकुरखोल्सी भन्ने स्थानमा गएका थिए ।

तीमध्ये केहीलाई खोलाले बगाएको भन्दै स्थानीयबासीले प्रहरीमा खबर गरेका थिए । वेपत्ता भएकाको सङ्ख्या १५ हो वा २० भन्ने पुष्टि नभएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो ।

लगातारको पानीका कारण घटनास्थल आसपास टेलिफोन सम्पर्क गर्न समस्या भएका कारण पनि विस्तृत विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्