उम्मेदवारको सूची आज प्रकाशन, अन्तिम नामावली भोलि – Kanika Khabar
Sunday, May 5Nepali News Portal

उम्मेदवारको सूची आज प्रकाशन, अन्तिम नामावली भोलि

    मा प्रकाशित

असोज २५, दाङ ।
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभानिर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएकाहरूको नामावली आज प्रकाशन गर्ने भएको छ । आज साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

हिजो उम्मेदवारहरूविरुद्ध उजुरी दिने तालिका निर्धारण गरिएको थियो । ती उजुरीहरूमाथि छानबिन गरी आज साँझसम्म नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार उजुरी पुष्टि भए उम्मेदवारी स्वतः रद्द हुनेछ ।

आयोगमा प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष विश्व पौडेलदेखि जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलगायत नेताविरुद्ध उजुरी परेको छ ।

आयोगले आज प्रकाशन गर्ने नामावलीहरूमध्ये कुनै उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिने मन भए भोलि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समयमा फिर्ता लिन सकिने आयोगले जनाएको छ । त्यसपछि भोलि दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाका लागि २ हजार ५ सय २६ र प्रदेश सभाका लागि ३ हजार ४ सय ७६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्