चुनावी रणनीति तय गर्दै गठबन्धन – Kanika Khabar
Sunday, May 5Nepali News Portal

चुनावी रणनीति तय गर्दै गठबन्धन

    मा प्रकाशित

असाेज २५, दाङ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनकाे तयारी बैठक नारायणपुरमा बसेकाे छ । निर्वाचन परिचालन कमिटी दाङ क्षेत्र नं. २ (ख) काे आयाेजनामा बैठक बसेकाे हाे । बैठकमा बाेल्ने अधिकांश बक्ताले सत्ता गठबन्धन मत परिणामका आधारमा बलियाे रहेकाे भन्दै आगामी मंसिर ४ मा सत्ता साझेदार दलका उम्मेदवार विजयी हुने बताएका थिए । बैठकमा बाेल्दै दाङ क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रेखा शर्माले देशमा ठुला ठुला परिवर्तन गठबन्धनबाट मात्रै प्राप्त भएको बताउनुभयाे ।

पटक पटक संसद बिघटन गरी संविधान मास्ने काम एमालेले गरेकाे भन्दै देशलाई धाेका दिनेसँग सहकार्य हुन नसक्ने उल्लेख गर्नुभयाे । गठबन्धनको तर्फबाट साझा उम्मेदवार समेत बन्नुभएकी शर्माले काँग्रेस र माओवादी केन्द्र देशकाे हितमा उभिएको भन्दै लाेकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने जिम्मा पनि यी दलकाे काधमा आएको बताउनुभयो । यस्तै गठबन्धनका लुम्बिनी प्रदेश दाङ क्षेत्र नं. २ (ख) का उम्मेदवार प्रचण्ड विक्रम न्यौपाने (गुन्टु) ले देशकाे समृद्धकाे लागि गठबन्धन नै अहिलेकाे मुख्य आबश्यकता रहेकाे उल्लेख्य गर्नुभयाे । उहाँले जिल्लाको समग्र बिकासका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपील गर्नुभयाे ।

बैठकमा राष्ट्रिय सभाका सदस्य अनिता देवकोटाले संबिधान नमान्नेलाई सांसद बन्ने अधिकार पनि नभएको बताउनुभयाे ।बैठक नेपाली काग्रेस लुम्बिनी प्रदेश दाङ क्षेत्र नंं. २( ख) सभापति अभियान बस्नेतकाे अध्यक्षतामा बसेकाे थियोे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्