सुविधा सम्पन्न एयरपोर्ट पहिलाे प्राथमिकता : गिरी – Kanika Khabar
Sunday, May 5Nepali News Portal

सुविधा सम्पन्न एयरपोर्ट पहिलाे प्राथमिकता : गिरी

    मा प्रकाशित

दाङ, असोज २५ ।

दाङ निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक गिरीले गठबन्धनले टरिगाउँ स्थित दाङ एयरपोर्टलाई नेपालकै ‘ए’ लेभलको डोमेस्टिक एयरपोर्ट बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आज मंगलबार तुलसीपुरमा नेपाली काँग्रेसले आयोजना गरेको पार्टीका नेता कार्यकर्तासँग गरेको सुझाब संकलन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्रीसमेत रहेका गिरीेले आफूहरु बिजयी भएपछि पहिलो प्राथमिकतामा राखेर एयरपोर्ट विस्तार र विकासको काम गर्ने बाचा गरेका हुन ।

बिगतमा आफू मन्त्री हुँदा जीवनबहादुर शाही पर्यटन मन्त्री रहेको समयमा करिब ४ करोड रुपैंया खर्चिएर डिटेल सर्भे गर्न लगाएको भएपनि नौं सरकार परिवर्तनका कारण त्यो काम पुरा गर्न नपाएको भन्दै उनले आफू लगायत गठबन्धन दलका उम्मेदवारलाई बिजयी बनाए पहिलो प्राथमिकतामा राखेर त्यहीकाम गर्ने उनले बताएका हुन ।

‘अहिले म एयरपोर्टको बारेमा बिभिन्न समयमा भइरहेका नाटकीय कुराहरु नियाली रहेको छु,’ उनले भने ‘ कम्युनिस्टको बहुमतको सरकारले नाटक मञ्चन गरे पनि एयरपोर्ट बनाउन लागेनन, अब हामीले यो एयरपोर्ट बनाउने छौं ।’

त्यस्तै उनले तुलसीपुर–घोराही सडक खण्ड छोरालाई ठेकेदार गराउन तुलसीपुरका निवर्तमान मेयरले शक्तिको दुरुपयोग गरेको हुँदा बिजोग बनाएको दावी गरे । ‘आज चारलेनकै कारण दङालीले दुःख पाउनु परेको छ,’ उनले भने ‘ मेयरकै छोरा ठेकेदार बन्दा दङालीले पाउनु शास्ती खेप्नु परेको हो ।’

त्यस्तै उम्मेदवार गिरीले एमाले महासचिव शंकर पोखरेलले आफ्नो पहलमा निर्माण गरेको बबईस्थित बैबाङको पुल उद्घाटन गरे पनि त्यो पुल कस्का कारणले निर्माण भएको भन्ने कुरासम्म नगरी सर्वसाधारण जनतालाई भ्रममा पार्न खेल गरेको बताए ।

गठबन्धन देशको आवश्यकता भएको भन्दै उनले लामो बलिदानी पछि प्राप्त लोकतन्त्र, संविधानको रक्षा र मुलुकको संबृद्धिको लागि गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आग्रह गरे ।

‘ केपी नेतृत्वको दुई तिहाई बहुमतले बिगतमा संविधानमाथिको धावा बोलेको नभुल्ने होला, चरम भ्रष्टचार गरी देशलाई टाट पल्टाउन खोजेको नभूल्नु होला र उतिखेर आम नागरिकको शान्ति सुरक्षा हराएको हेक्का राखेर त्यसका बिरुद्ध मतदान गर्नु होला,’ उम्मेदवार गिरीले भने ‘ यो निर्वाचन मात्रै हैन प्रतिगमण र तानाशाह प्रबृति बिरुद्धको लडाई हो ।’

उनले गठबन्धनभित्रका सबै दलहरु आपसमा कुनै भेदभाव र तिक्तता नराखी एक ढिक्का भएर अर्जुन दृष्टिका साथ सरल ढंगले निर्वाचनमा होमिन आग्रह गरे । पछाडि परेको समुदाय, जनजाती, किसानको हकहितको रक्षाका लागि नेपाली काँग्रेससहित गठबन्धनका उम्मेदवारले जित्न जरुरी रहेको उनले बताएका थिए ।

त्यसक्रममा उनले आफू मन्त्री हुँदा दाङमा बाह्रै मास सिंचाई सुविधा पु¥याउने उद्देश्यका साथ सुरु गरेको बृहत दाङ सिंचाई परियोजनाको चर्चा गरेका थिए ।

त्यसक्रममा जिल्लामा ८८ वडा डीप बोरिङ खनिएको, एक सय ५० बढी स्यालो टिबवयल गाडिएको हुँदा त्यसले किसानलाई सहज भएको धारणा राखेका थिए ।

हाल रोकिन पुगेको पश्चिम दाङमा स्तरीय सडक संजालले जोड्ने कार्य बिजयी भएपछि फेरि सुरु गर्ने उनले प्रतिबद्धता जाहेर गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्